बैंक एण्ड इन्स्योरेन्स समूह रामेछापको अध्यक्षमा कार्की विजयी, महासचिवमा आचार्य

| माघ २१, २०८० आइतबार

A A A
A A A

२१ माघ, रामेछाप । बैंक एण्ड इन्स्योरेन्स समूह (बिआइजी) रामेछापको अध्यक्षमा (एन.एम्.बि) बैंकका प्रदीप कुमार कार्की विजयी भएका छन् । 

 

शनिवार रामेछाप नगरपालिकाको सुकाजोरमा वनभोज (पिकनिक) सहित समूहको चौथो वार्षिक साधारणमा सर्व सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि मतदानबाट नेतृत्व चुनिएको हो । 

 

कार्कीले उनका प्रतिस्पर्धी बिपीन भट्टराईलाई १७ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित कार्कीले २९ मत पाएर विजयी भए भने १२ मत पाएर भट्टराई पराजित बनेका हुन् । 

 

 

समूहको उपाध्यक्षमा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रदिप्त सिन्धुलीय र रिलायबल नेपाल लाइफ इन्सोरेन्सकी शान्ता श्रेष्ठ चयन भएका छन् । 

 

उक्त समूहको महासचिवमा (एन.आइ.एम.बी) का चन्द्र प्रकाश आचार्य चयन भएका छन् ।  त्यस्तै सिद्धार्थ प्रिमियम इन्स्योरेन्सका नवराज खड्का सचिवमा चयन भएका छन् । 

 

भने, कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंककी निशान खड्काले जिम्मेवारी पाएकी छन् । 

 

बैंक तथा वित्तीय क्षेत्रमा आइ पर्ने विविध विषय र उक्त समूहमा आबद्धहरूको हक अधिकारका बारेमा यो समितिले काम गर्ने छ ।