डिएसपी पराजुलीले आयोगसँगको छलफलमा भने– ‘दलित समुदायको ‘हियुमन् डेभलमेन्ट’ गर्नु पर्छ’

| माघ २५, २०८० बिहिबार

A A A
A A A

२५ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) होम प्रसाद पराजुलीले दलित समुदायको ‘हियुमन डेभलमेन्ट’ (मानवीय विकास) गर्न जोड् दिएका छन् । यसो गर्न सके मात्रै लक्षित समुदायले खेप्दै आएको विभिन्न समस्याहरू क्रमशः सुधार हुँदै जाने उनको दाबी छ । हाल सम्म उक्त समुदायको ‘हियुमन डेभलमेन्ट’को कमी हुँदा समस्या हुने गरेको उनको तर्क थियो । 

हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा आउने हुने अधिकांश घटना/आपराधिक क्रियाकलापमा दलित समुदायका मान्छेहरू सङ्ख्यात्मक रूपमा बढी देखिएको प्रस्ट पार्दै भने ‘यो मानवीय विकास कम हुँदा विभिन्न कुलतमा फस्ने, जसले जे भने पनि कुलतको लतमा गरी हाल्ने क्रम पाइएकाले उनीहरूको ह्विमन डेभलमेनट् जरुरी देखिन्छ ।’ 

जिल्लामा आफूहरूले दलित समुदायको मुद्दामा शून्य सहनशिल्ता अपनाएर काम गरेको फेरिसता राष्ट्रिय दलित आयोगका टिमलाई बुधवार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रिया एवं छलफलमा सुनाउँदै डिएसपी पराजुलीले तुलनात्मक रूपमा मानवीय विकास कम भएकै कारण उक्त समुदायका व्यक्तिहरू आपराधिक क्रियाकलापमा मुछिन पुगेको बताए । 

लक्षित समुदायमा अन्तरक्रिया, सचेतना मूलक कार्यक्रम, शिक्षा, स्वास्थ्य, प्रविधि सहित विभिन्न पक्षको बारेमा उनीहरूलाई सचेत गर्न सके आइ पर्ने दुर्घटना न्यूनीकरण हुने उनको सुझाव छ । 

पछिल्लो एक वर्षमा जातीय छुवाछूत प्रकृतिका मुद्दा आफूहरू सम्म नआएको प्रस्ट्याउँदै डिएसपी पराजुलीले जातीय छुवाछूत, महिला, वृद्धवद्धाहरुलाई लक्षित गरेर प्रहरीमा छुट्टै ‘सहायता कक्ष’ सञ्चालनमा रहेको, विभिन्न ठाउँमा सचेतना मूलक कार्यक्रमहरू गरी रहेको जानकारी गराए ।