जीवितै श्रीमानको नाममा भत्ता खाने रामेछाप मन्थली–३ की खत्री र वडा सचिव महतो दोषी ठहर, ३ महिना कैदको फैसला

| फागुन २, २०८० बुधबार

A A A
A A A

२ फागुन, रामेछाप । श्रीमान् जीवितै हुँदा ‘एकल भत्ता’ खाने मन्थली नगरपालिका वडा ३ की निर्मला खत्री र तत्कालीन वडा सचिव दोषी ठहर भएका छन् । दोषी ठहर भएसँगै उनीहरूलाई ३-३ महिना कैद सजाए हुने भएको छ । 

 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार मंगलबार न्याधिशहरु टेक नारायण कुँवर, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहरको फैसला सुनाएको हो । उच्च अदालतले वडा सचिव महतो  र जीवितै श्रीमानको नाममा बुझ्ने खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । 

 

गएको मंसिर ०८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीवितै व्यक्तिको नाममा भत्ता खुवाएको ठहर गर्दै कठजोरकी निर्मला खत्री र तत्कालीन वडा सचिव शिवकुमार महतो विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । 

 

जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत मृत्यु दर्ता गरी एकल महिला परिचय पत्र बनाई रु ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको थियो । 

 

मुद्दा दर्ता भएपछि वडा नं १२ गेलुमा कार्यरत सचिव महत्तोलाई मन्थली नगरपालिकाले मंसिर १० गते नलम्बित गरेको थियो ।