जिल्ला प्रशासन कार्यालय रामेछापले फर्निचर, कम्प्युटर, क्यामेरा लगायतका जिन्सी सामाग्री लिलामी गर्ने

| फागुन २, २०८० बुधबार

A A A
A A A

२ फागुन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले फर्निचर, कम्प्युटर र क्यामेरा लगायतका जिन्सी सामाग्री लिलामी गर्ने भएको छ । प्रशासनका अनुसार लिलामी गर्ने जिन्सी सामानको मूल्य न्यूनतम रु १३ हजार ८२९ रहेको छ । 

 

बुधवार एक सूचना जारी गर्दै प्रशासनका सूचना अधिकारी प्रकाश प्रधानले यो सूचना प्रकाशित भएको मितिले ८ दिन भित्रमा ती सामाग्री लिलामी गर्ने जानकारी दिएका हुन् । 

 

उक्त जिन्सी माल सामानहरूको लिलाम बढाबढ बिक्री गरिने हुँदा इच्छुक व्यक्ती/फर्म लगायत सर्वसाधारणले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १०८ बमोजिम सम्पर्क गर्न आह्वान गरिएको हो । 

 

जारी पत्रमा काठको र्‍याक ६ वटा, रिवभिङ चियर ८ वटा, काठको कुर्ची ६ वटा, काठको दराज १ वटा, सिलिङ पंखा ९ वटा, डेक्सटप कम्प्युटर ५ वटा, ब्याट्री ३ वटा, बेन्च २ वटा, टेबल १ वटा, स्टेण्ड पंखा १ वटा र क्यामेरा १ वटा रहेको छ । 

 

यो हेर्नुहोस् सूचना ।