रामेछापमा दीप प्रज्वलनसहित ‘ट्राफिक सप्ताह’ समापन

| फागुन ३, २०८० बिहिबार

A A A
A A A

३ फागुन, रामेछाप । गएको माघ २५ गते र्‍याली, झ्याँकी, प्रभात फेरी कार्यक्रम सहित सुरु भएको ‘ट्राफिक सप्ताह’ दीप प्रज्वलन गरी समापन गरिएको छ । ट्राफिक सचेतना र जनचेतना जगाउने उद्देश्य सहित सुरु भएको साता व्यापी अभियान बुधवार साँझ देवकोटा चोकमा सामूहिक दीप प्रज्वलन गरी मनाइएको हो । 

 

मन्थली स्थित देवकोटा चोकमा प्रहरी निरीक्षक रन्जन गिरी सहित मन्थली नगर प्रमुख लव श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा, जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाई र पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतले सामूहिक दीप प्रज्वलन गरेका थिए । 

 

सो अवसरमा ट्राफिक प्रमुख चौलगाईले ट्राफिक सप्ताहमा गरिएका विभिन्न गतिविधि बारे जानकारी गराएका थिए । 

सप्ताह सुरु भएयता जिल्ला ट्राफिक प्रहरीले मूलक पर्चा प्लेट टाँस्ने, बढी भाडा लिएको नलिएको अनुगमन, सिट क्षमता भन्दा बढी यात्रु राखेको नराखेको जाँच, विद्यार्थीलाई बाटो काट्न सिकाउने, तीव्र गतिमा सवारी चलाउनेलाई र ओभर ट्याग गर्नेलाई प्रशिक्षण, सवारीको यान्त्रिक परीक्षण, सवारी चालकको सामान्य स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम गरेको छ । 

 

विभिन्न कारणले बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेशका सबै जिल्लामा यो सप्ताह मनाइएको हो । 

 

यो पनि पढ्नूहोस्

दुर्घटना न्यूनीकरण गर्न रामेछापमा सुरु भयो ‘ट्राफिक सप्ताह’ (फोटोफिचर)