नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा रामेछापका चौलागाईले ६ पृष्ठ लामो यस्तो प्रस्ताव पेस गरे (पूर्णपाठ)
३ माघ, रामेछाप । नेकपा (माओवादी) केन्द्रको जारी प्रथम विधान अबिधेशनमा रामेछापका युवराज चौलागाईले ६ पृष्ठ लामो प्रस्ताव गरेका छन् । ५० जनाको समूह नम्बर १० बाट केन्द्रीय सदस्य चौलागाईले पार्टीलाई पुनर्गठनको आवश्यक रहेको उल्लेख गर्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् ।
बुधवार रामेछाप टाइम्सलाई प्राप्त उक्त प्रस्तावमा अनेक घाम पानी सहनु भएको तपाईँ वा तपाईंहरुलाई त्यस्ता के–के अप्ठ्यारा आइलागे जसले गर्दा विगतमा माओवादी धाराका हरेक विधानहरू कार्यान्वयनमा नआई विलोप भएर गए ? अनि, अहिले सिंगो देशमा क्रियाशील पार्टीको वेस्ट ब्रेन यहाँ केन्द्रित भएर मेहनत पूर्वक यो विधान अधिवेशनले बनाएको विधान पनि कार्यान्वयनमा आउँछ भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ ? भन्ने उल्लेख छ ।
बागमती प्रदेशका सांसद समेत रहेका केन्द्रीय सदस्य चौलागाईले ‘विगतका हरेक महाधिवेशन वा सम्मेलनहरूमा पार्टीको अद्योपान्त नयाँ विधान पढ्ने पढाउने बानी परेका हामीहरू यस प्रश्नमा कसरी ढुक्क हुन सक्छौँ ? भन्दै अव बन्ने विधान कार्यान्वयन हुनेमा आशंका समेत व्यक्त गरेका छन् ।
जारी प्रथम विधान अधिवेशनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह र पार्टीको नाम समेत फेर्नु पर्ने सुझाव पेस भएको छ । सो कुरालाई समेत चौलागाईले ऐक्यबद्धता जनाएका छन् ।
यो हेर्नुहोस् चौलागाईले पेस गरेका पत्र