कृषि ज्ञान केन्द्र रामेछाप बन्यो ‘कृषि विकास कार्यालय’

| फागुन ३, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

२ फागुन, रामेछाप । कृषि ज्ञान केन्द्र रामेछाप ‘कृषि विकास कार्यालय’ मा परिवर्तन भएको छ । 

 

 

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालय मातहत रहने रहेको रामेछाप र दोलखा कार्य क्षेत्र रहेको यो कार्यालय विगतमा कृषि ज्ञान केन्द्र रहेको थियो । 

 

गएको कार्तिक २२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यालयको नाम परिवर्तन गरिएको र गएको माघ ११ गते कार्यालयलाई जानकारी गराइएको कृषि विकास कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

पछिल्लो समय प्रदेश सरकारले मातहतका कार्यालयको नाम परिवर्तन गर्दै आएको छ । यस अगाडि घरेलु तथा साना उद्योगको कार्यालयको पनि नाम परिवर्तन गर्दै उद्योग वाणिज्य कार्यालय बनाएको थियो । 

 

यो हेर्नुहोस् पत्र