रामेछापमा राष्ट्रिय प्रजातन्त्र दिवस दीप प्रज्वलन, खेलकुदका सामाग्री वितरण र सरसफाइ गरेर मनाइने

| फागुन ६, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

६ फागुन, रामेछाप ।  रामेछापमा ७४ औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी तीन दिन मनाइने भएको छ । साथै सबैले यो दिवसलाई उल्लास पूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । 

 

आइतबार राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन पत्र मार्फत आग्रह गर्दै फागुन ६, ७ र ८ गते जिल्लाका सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ–संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा मर्यादा पूर्वक सजाउने, साँझ सम्पूर्ण कार्यालय र जिल्लावासीका घर–घरमा दीप प्रज्वलन गर्न भनेको छ । 

 

त्यस्तै जिल्लामा स्वास्थ्यलाई जोडेर रक्तदान, स्वास्थ्य सचेतना मूलक कार्यक्रम, फरक क्षमताका विद्यार्थीहरूका लागि हितकर शैक्षिक तथा खेलकुद सामग्री वितरण, सार्वजनिक महत्वका स्थानहरू, सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक पुरातात्त्विक महत्वका सम्पदा स्थलहरूको सरसफाइ र अन्तिम दिन साँझ दीप प्रज्वलन गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। 

 

भोलि सोमबार देशव्यापी रूपमा सार्वजनिक बिदा समेत हुने छ ।