जिल्ला ट्राफिक प्रहरीले मातहतका निकायलाई भन्यो–संगठनलाई असर पुर्‍याउने सामाजिक संजालका गुरुपमा नजोडिनु

| फागुन ७, २०८० सोमबार

A A A
A A A

७ फागुन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले प्रहरी संगठनलाई नकारात्मक असर पर्ने खालको सामाजिक सञ्जालमा नजोडिन निर्देशन दिएको छ । साथै प्रहरी कर्मचारीहरुको कुनै समस्या तथा गुनासो भएमा ‘चेनफक कमाण्डमा’ चल्न समेत स्मरण गराइएको छ । 

 

सोमबार जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक दीपक प्रसाद चौलागाइले ‘सहकर्मीसँग चियापान’ कार्यक्रम गर्दै आफ्नो जिम्मेवारलाई दत्तचित्त रूपमा पुरा गर्न निर्देशन गरेका हुन् ।

 

सङ्गठनको आन्तरिक छलफल र माथिल्लो तहबाट आएका विषयलाई समेत सुनाउँदै यहाँ कार्यान्वयन गर्ने भनिएको हो’ प्रस्ट पार्दै ट्राफिक प्रमुख चौलागाईले रामेछाप टाइम्ससंग भने । 

 

उनका अनुसार सोही छलफलमा सामाजिक संजाल फेसबुक, टिकटकका विभिन्न गुरुपहरुमा नकारात्मक विषयहरू हुने हुँदा त्यसबाट आफू पनि जोगिने र अरूलाई सचेत हुन प्रेरित गर्ने उद्देश्य अनुरूप ‘प्रहरी संगठनलाई नकारात्मक असर पर्ने खालको फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालहरूको ग्रुपमा आबद्ध’ नहुने सचेत गराइएको हो । 

 

 

साथै दुर्घटना न्यूनीकरणको लागि ट्राफिक चेक जाँचलाई बढाउँदै थप कडा गर्न आग्रह गरिएको उनको भनाई छ । पछिल्लो पटक जिल्ला ट्राफिक प्रहरीले एक हप्ता सम्म ट्राफिक सप्ताह मनाएर विभिन्न सचेतना मूलक कार्यक्रम गरेको थियो । 

 

तस्बिर स्रोत ट्राफिक रामेछाप फेस्बुक ।