रामेछापको लिखु तामाकोशी गाउँपालिकामा आज सार्वजनिक बिदा

| फागुन ११, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

११ फागुन, रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । 

 

तामाङ समुदायको २८६० औँ (डुक लो) सोनाम ल्होसारको कार्यक्रम उक्त समुदायका लामा गुरुहरूले जुराएर दुई दिन गर्न लागेकाले आज (शुक्रवार) पालिका भर सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए । 

 

यो वर्ष गत माघ २७ गते नै परेको तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होसार परेको थियो । तर, लिखु तामाकोशी गाउँपालिकामा भने आज र भोलि वृहत् कार्यक्रम आयोजना गरिएकाले बिदा दिएको पालिका अध्यक्ष केशव महतले रामेछाप टाइम्सलाई बताए । 

 

 

‘उहाँहरूको जुराएर कार्यक्रम गर्नु पर्ने रहेछ, आज र भोलिको लागि जुरेको रहेछ, त्यसैले स्थानीयको आग्रहमा बिदा दिएका हौँ’ अध्यक्ष महतले भने ।