बैंक एण्ड इन्सोरेन्स समूह रामेछापले गर्‍यो रक्तदान, ३१ पाउण्ड रगत संकलन

| फागुन ११, २०८० शुक्रबार

A A A
A A A

११ फागुन, रामेछाप । बैंक एण्ड इन्सोरेन्स समूह (बिआइजी) रामेछापले रक्तदान गरेको छ । जिल्लामा पछिल्लो केही समय यता बढेको रगत खपतको अवस्थालाई मध्यनजर गर्दै जिल्ला रेड्क्रश शाखासंको प्राविधिक सहयोगमा रक्तदान गरिएको रक्तदानमा सहभागिता जनाएका (नेविसंघ) रामेछापका उपाध्यक्ष विमल पौडेलले जानकारी दिए। 

 

केही समय अगाडि मात्रै नयाँ कार्यसमिति बनेको (बिआइजी) गुरुपले सामाजिक कार्यमा पनि उपस्थिति देखाउने उद्देश्य सहित शुक्रवार बिहान जिल्ला सदरमुकाम मन्थली देवकोटा चोकमा रक्तदान गरेको हो । 

 

सो क्रममा विभिन्न क्षेत्रका व्यक्ति सहित बिआइजी गुरुपका ३१ जनाले रक्तदान गरेका छन् । अर्थात् ३१ पाउण्ड रगत संकलन भएको छ । 

 

जिल्लामा रगतको अभावमा कसैले पीडा भोग्न नपरोस् र भइपरी आउने समस्याबाट मुक्त गर्ने उद्देश्यले रक्तदान गरिएको समूहका अध्यक्ष प्रदीप कुमार कार्कीले बताए । उनले आफूहरू आवश्यक परेको बेलामा जुनसुकै बेलामा रक्तदान गर्न तयार रहेको बताए । 

 

 

रक्तदान गर्ने ३१ जनालाई (बिआइजी) ले तयार पारेको प्रमाणपत्र  प्रदान गरेको छ । जिललामा मन्थली अस्पताल सहित तामाकोशी र रामेछाप सामुदायिक अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि रगतको खपत पनि बढ्दै गएको छ ।