समाचारमा फोटो राखेको भन्दै पत्रकारलाई धम्की दिने शिक्षकलाई पत्रकार महासंघले गर्यो कारबाहीको माग(विज्ञप्तिसहित)

| असार १, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०१ असार, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले कोभिड-१९ विरुद्धको खोप दुरुपयोग भएको एक समाचार लेखेकी पत्रकार ज्ञानु श्रेष्ठलाई पिट्ने धम्की दिएकोमा आपत्ति जनाएको छ । 

 


गत जेठ २८ गते अन्नपुर्ण टाईम्समा अन्नपूर्ण टाइम्सकी सह-सम्पादक ज्ञानु श्रेष्ठले रामेछाप जिल्लामा कोरोनाको खोप दुरुपयोग भएको विषयमा लेखिएको समाचारमा आफ्नो फोटो प्रयोग गरेको भन्दै रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुका शिक्षक ख्यान बहादुर श्रेष्ठले पत्रकार श्रेष्ठलाई फोन गरि अपशब्द प्रयोग गरि पिट्ने धम्की दिएका थिए । सो घटनामा नेपाल पत्रकार महासंघ रामेछापले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति निन्दा गरेको छ । 

पत्रकार महासंघ रामेछापले जारी गरेको प्रेस विज्ञप्ति हेर्नुहोस्

महासंघले प्रकाशित समाचारमा चित्त नबुझेमा कानुनी बाटो अबलम्बन गर्नुको साटो ब्यक्तालाई कुट्पिट् गर्ने, गालीगलज् गर्ने,धम्किदिने, समग्र पत्रकार र पत्रकारीता पेशालाई नै अपमानित पारेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


त्यस्तै नेपाल प्रेस युनियनको रामेछापले पनि घट्नाप्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ । समचार लेखेकै कारण गालीगलौज र कुटपिट सम्मको धम्की खानु निन्दनिय कुरा युनियनले जारी गरेको विज्ञप्तिमाउ उल्लेख गरेको छ । 


प्रेस युनियन पत्रकारलाई धम्की दिने निज शिक्षक ख्यान वहादुर श्रेष्ठ माथि उचित छानविन गरी आवश्यक कानुनी कारवाहिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रेस् युनियनले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

त्यस्तै घट्ना बारे नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पनि ध्यानकर्षण भएको जनाउदै पत्रकारमाथिको यो प्रकारको घट्ना प्रति निन्दा गरेको छ । 

बागमती प्रदेश महासंघले जारी गरेको विज्ञप्ति हेर्नुहोस्