'बिपद्जन्य घट्नाबाट हुने जोखिमम हामी सचेत र तयारी छौं'-डिएसपी ढुङ्गाना

| असार २, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

०२ असार, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले आफूहरु प्रकृतिक विपत्तिबाट आइपर्ने जोखिमको लागि तयारी अवस्थामा रहेको बताएका छन् । उनले वितेको २४ घण्टासम्म जिल्लामा कुनै पनि अनपेक्षित घटना भएको जानकारी नआएको भन्दै खुसी ब्यक्त गरे । 

 

उनले रामेछाप टाइसम्ससंग भने-'हिजो तामाकोसी नदिना पानीको बहाव एक्कसी भढ्दा धेरेै चिन्तित भयौ,तर राति १० बजेतिर पानी बिस्तारै घट्न थाल्यो, हामी यसमा खुसी छौं । हामी यस्ता प्रकृतिक विपत्तिजन्य विपत्तिबाट आइपर्ने घट्ना प्रति सजग र तयारी अवस्थामा छौं । हामी सबैसंग समन्वयमा छौं । प्रशासन, स्थानीय सरकार, नागरिक समूह सबैसंग भने ।' 

 

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतलाई तयारी अवस्थामा रहेन निर्देशन गरिसकेका छन् । उनले विपद्बाट हामी सबै मिलेर बच्नु, बचाउनु पर्नेमा जोड्दिए ।