शुक्रबार दिनभर मन्थलीमा बत्ती जाने

| फागुन २४, २०८० बिहिबार

सांकेतिक तस्बिर
A A A
A A A

२४ फागुन, रामेछाप ।  रामेछापको मन्थलीमा भाेलि शुक्रबार दिनभर बत्ती जाने भएको छ । बिहान ७ : ०० बजे देखि साँझ ७ : ०० बजे सम्म मन्थली सबस्टेसनको ११ केभी भीसीबी कन्ट्रोल प्यानलहरु जडान तथा टेस्टिङ गर्ने भएकोले बिजुली नआउने भएको हाे । 

 

विद्युत वितरण केन्द्र मन्थलीले बिहीबार दिएको जानकारी अनुसार उक्त टेस्टिङ गरिने भएकाे हुँदा दिनभर पूर्णरूपमा बन्द हुनेछ । 

 


प्राधिरणका अनुसार मन्थली सब स्टेसनबाट सप्लाई नगरी दोरम्बा सब स्टेसनबाट वैकल्पिक रूपमा लाइन सप्लाई गर्ने व्यवस्था मिलाउन लागिएको हाे ।

 

 

साथै साँघुटारकाे लाइन सप्लाई वैकल्पिक रूपमा प्रयाेग गरिने भएकोले लाइन अनियमित हुन लागेको प्राधिकरणले भनेको छ ।