अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा मन्थली नगरपालिकाले उपचाररत बिरामीहरूलाई दियो फलफूल
२५ फागुन, रामेछाप । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मन्थली नगरपालिकाले फलफूल वितरण गरेको छ ।
नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतसहितको टोलीले शुक्रवार नगरपालिका द्वार सञ्चालित मन्थली अस्पताल सहित तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पतालमा उपचाररत २९ जना बिरामीहरूलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई बताए ।
यसअगाडि हिजो बिहीबार नगरपालिकाले महिला श्रमिक दिवसकै अवसर पारेर नगरभित्रका १४ वटै वडाका लघु उद्यममा आबद्ध महिलाहरूलाई समावेश गर्दै वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।