रामेछापको खाँडादेवी गाउँपालिका-२ मझुवाका पूर्व वडा अध्यक्ष लामाको निधन

| फागुन ३०, २०८० बुधबार

A A A
A A A

३० फागुन, रामेछाप । खाँडादेवी गाउँपालिकाका पूर्व जनप्रतिनिधिको निधन भएको छ । नेपाली काँग्रेसबाट २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष इन्द्र कुमार लामाको मंगलबार निधन भएको हो । 

 

जन सेवामा हर्दम लागि रहने नेता लामा वृद्ध अवस्थाका थिए । 

 

 

उनी पालिकाको वडा नं २ मझुवाका संस्थापक वडा अध्यक्षमा निर्वाचित भएका थिए ।  पूर्व शिक्षक समेत रहेका लामा मझुवा माविका अध्यक्ष समेत रहेका थिए । 

 

 

उनको निधनमा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । साथै नेपाली काँग्रेस जिल्ला उपसभापति लेखबहादुर कार्कीले पनि पार्टीका नेता एवं पूर्व जनप्रतिनिधिको निधन प्रति दुःख व्यक्त गरेका छन् ।