चैत्र ५ गते देखि रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुने

| फागुन ३०, २०८० बुधबार

जिल्ला निर्वाचनको कार्यालय रामेछाप । तस्बिर फाइल ।
A A A
A A A

३० फागुन, रामेछाप । रामेछापमा पनि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । 

 

 

जिल्ला निर्वाचन कार्यालय रामेछापले एक सूचना जारी गर्दै आगामी वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचन हुन उल्लेख गर्दै यहाँ पनि मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने लगायतका कार्यक्रम गर्न लागेको जनाएको छ । 

 

आउँदो चैत्र ५ गते सोमबार देखि चैत्र ८ गते बुधवार सम्म संचालन हुने कार्यक्रमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिने, मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सक्ने आयोगको कार्यालय रामेछापले जनाएको हो ।

 

 

त्यस्तै मतदाता नामावलीमा कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने, मातदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम भए नामावलीबाट हटाउन सकिने जिल्ला निर्वाचन कार्यालय रामेछापले भनेको हो ।

 

सूचना हेर्नुहोस्