मामाघरबाट फर्किँदै गर्दा भीरबाट लड्दा रामेछापको दोरम्बा शैलुङ्मा एक युवाको ज्यान गयो

| फागुन ३०, २०८० बुधबार

सांकेतिक तस्बिर ।
A A A
A A A

३० फागुन, रामेछाप । मामा घरबाट फर्किँदै गर्दा भीरबाट लडेर रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा एक युवाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं ७ लखनपुरका मित्रबहादुर घतानीका २२ वर्षीय छोरा विशाल घतानी रहेका छन् । 

 

उनी मंगलबार अपराह्ण ४ बजेको समयमा सोही पालिकाको वडा नं ४ जर्गा स्थित मामाघर गएर फर्किने क्रममा छिरिङ भीरबाट लडेर अन्दाजी १०० मिटर तल चौरी खोलामा खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

हाम्रो टोली पुगेर उक्त विषयमा अनुसन्धान गरिरहेको छ, प्रवक्ता गिरीले भने । उनका अनुसार घटना बारे थप अनुसन्धान जारी छ ।