भरुवा बन्दुकसहित मन्थली–११ का एक पुरुष फुलासीको जंगलबाट पक्राउ

| फागुन ३०, २०८० बुधबार

सांकेतिक तस्बिर ।
A A A
A A A

३० फागुन, रामेछाप । भरुवा बन्दुक सहित मन्थली नगरपालिका ११ गेलुका एक पुरुष सहित पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नाटिल स्थित काउलेका ४२ वर्षीय कुमार तामाङ हुन् । उनलाई लुकिछिपी बसी रहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

उनलाई सोमबार साँझ ६ बजे मन्थली नगरपालिका–१३ फुलासी घ्याङडाँडास्थित जंगलबाट पक्राउ गरिएको जिप्रकाले जनाएको हो । 

 

उनलाई प्रहरी चौकी फुलासीले नियन्त्रणमा लिएको हो । अहिले जिप्रका मन्थलीमा ल्याएर उनीमाथि थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।