रामेछापमा आजदेखि सबै बैंकहरु खुल्ने, लकडाउन खुकुलो

| असार २, २०७८ बुधबार

फाइल फोटो रामेछापको सदरमुकाम मन्थली बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक
A A A
A A A

०२ असार, रामेछाप । रामेछाप जिल्लामा बुधबार (आज) देखि सबै बैंकहरु खुल्ने भएका छन् । बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म बैंकहरु खुल्ला गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्णय गरेको हो । बैंकहरुले स्वास्थ्य सुरुक्षाका सबै मापदण्ड पालना गरेर संस्था खुलाउन पर्ने छ । र, सो बैंक खुलेको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउनु पर्ने छ । तर लकडाउन भने जारी रहेन छ ।

 

जिल्लामा आजदेखि लकडाउन केही खुकुलो पनि हुने छ। अत्यावश्क पसलहरु  बिहान/मध्यायनको १२ बजेसम्म खुल्ने छन् । 

 


मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा कोरोना रोकथाम तथा ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले लकडाउन खुकुलो पार्दै बैंक तथा वित्तिय संस्थाहरु खुल्ला गर्ने निर्णय गरेको हो ।

 

प्रशासनको निर्णयमा सहकारी संस्थाहरुमा भने लागू हुने या नहुने स्पष्ट छैन् । आजदेखि लागू हुने गरि आगामी असार ९ गते राति १२ बजेसम्मको लागि जारी बन्दाबन्दी नै रहने भनिएको छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार