नेपाल हाप्कि डो संघको केन्द्रीय उपाध्यक्षमा रामेछापका दाहाल मनोनीत

| फागुन ३०, २०८० बुधबार

A A A
A A A

३० फागुन, रामेछाप । नेपाल हाप्कि डो संघको केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रामेछापका विमल दाहाल मनोनीत भएका छन् । 

 

लिखु तामाकोशी वडा नं ४ का दाहाललाई संघको केन्द्रीय कार्यसमितिमा परिषदबाट स्वीकृत विधान अनुसार उपाध्यक्ष पदमा राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट परिषद्को सदस्य सचिव स्तरीय निर्णयअनुसार मनोनीत गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र कुमार राईले जानकारी दिए । 

 

 

शाखा प्रमुख राईले जारी गरेको पत्रमा ‘परिषदबाट स्वीकृत विधान अनुसार तपाईँलाई केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदमा परिषद्को सदस्य सचिव स्तरीय निर्णयअनुसार अनुरोध छ’ उल्लेख गरिएको छ । 

 

उनलाई बुधबार एक पत्र मार्फत मनोनीत गरिएको जानकारी गराइएको हो ।