रामेछापमा हिउँद लागेसँगै ठाउँ-ठाउँमा डढेलोः सडकका भित्तामा लेखेर नियन्त्रणको उपाय खोज्दै वन कार्यालय

| चैत १, २०८० बिहिबार

A A A
A A A

१ चैत, रामेछाप । सुख्खा र गर्मी याम लागेसँगै जिल्लामा डढेलो एवं आगोलागिका घटना घटन सुरु भएको छ । अहिले पनि जिल्लाको कतिपय स्थानमा डढेलो लागिरहेको जानकारीमा छ । अधिकांश स्थानमा डढेलोको उच्च जोखिम भएको भए पनि नियन्त्रण एवं रोकथामको लागि भरपर्दो उपाय केही छैनन् । अझ, जिल्लामा लाग्ने आगो अधिकांश ठाउँमा मान्छेहरूले नै लगाउने गरेको पाइन्छ । तर, आगो लागि हालेमा नियन्त्रणमा लिनको लागि भरपर्दो न साधन छ । न त्यस तर्फ कसैको ध्यान पुगेको नै देखिन्छ । देशभरिको अवस्थालाई नियाल्ने हो भने पनि ८० प्रतिशत भन्दा बढी आगलागीको घट्ना मानवीय गतिविधिको कारण हुने गरेको तथ्याङ्कले देखाउँछ । 

 

बुधवार डिभिजन वन कार्यालय नजिकै आगो लगाउने एक वृद्धलाई नियन्त्रणमा समेत लिइएको छ । यो वर्ष बर्खा याममा समेत पानी नपर्दा जताततै सुक्खग्रस्त बनेको छ । डढेलोको जोखिम बढेको छ । विशेष गरी रामेछापको मन्थली र रामेछाप नगरपालिका सहित सुनापति र खाँडादेवी गाउँपालिका अन्य स्थानीय तहको तुलनामा डढेलोको उच्च जोखिम क्षेत्र मानिन्छ । आगोलागिबाटै ठूलो धन, जनको क्षति हुँदै आएको छ । गत वर्ष जिल्ला प्रशासन कार्यालय रामेछाप र खाँडादेवी गाउँपालिकालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो नियन्त्रण गर्ने केही उपकरण दिएको थियो । 

 

जिल्लाकै अधिकांश स्थान आगोको जोखिममा भए पनि नियन्त्रणमा लिनको लागि मन्थली नगरपालिका बाहेक अरू स्थानीय तहसँग कुनै साधना नभएको उनीहरूको भनाई छ । वर्षै पिछे हिउँदको याममा आगलागीबाट वन क्षेत्रको ठुलो भू–भागमा क्षति हुँदै आएको हो । गत वर्ष मात्रै रामेछापमा ३९ स्थानमा आगालागि हुँदा ७ हजार हेक्टर भन्दा बढी वन क्षेत्रमा क्षति भएको थियो । 

 

‘वाल् पेन्टिङको काम सकेका छौँ’

 

२०६६ साल वैशाख महिनामा जिल्ला अस्पताल नजिकै लागेको डढेलो निभाउने क्रममा १३ जना नेपाली सेनाले ज्यानै गुमाएका थिए । आर्थिक वर्ष २०७९/०८० मा डिभिजन वन कार्यालयको स्वीकृत कार्यक्रम अन्तर्गत आगो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका ती सैनिकको स्मृतिमा अस्पताल नजिकै एक स्मृति पार्क निर्माण गरिएको छ ।  

 

तर, बर्सैपछि आगोलागिका घटना घटी रहेको भए पनि सम्बन्धित निकायबाट भने नियन्त्रणको लागि उचित कदम चाल्न नसकिरहेको पाइन्छ । एकै पटक दर्जनौँ ठाउँमा डढेलो लागेर धूवाँले जिल्ला पूरै ढाकिने अवस्थामा पुग्दा पनि डिभिजन वन कार्यालय रामेछाप भने आगलागी निमन्त्रणका लागि जिल्लाका सडकका भित्तामा पेन्टिङ गरेर सचेतना फैलाइरहेको बत्ताउँछ । 

 

डिभिजन वन कार्यालय रामेछापले डढेलो नियन्त्रण गर्न भन्दै जिल्लाको प्रवेशद्वार खुर्कोटदेखि रामेछाप र खाँडोदेवी गाउँपालिकाको सित्खा बजार देखी मन्थली बजार हुँदै खिम्ती बजार सम्म ६० स्थानमा विभिन्न चेतनामूलक ‘वाल पेन्टिङ’ गरिएको डिभिजन वनको कार्यालय रामेछापले भनेको हो । ‘वाल् पेन्टिङको काम सकेका छौँ’

गत वर्ष मन्थली बजार नजिकै लागेको आगो, तस्बिर फाइल । 

 

जिल्लाबाट सञ्चालित संचारमाद्यमबाट जनचेतना मूलक सन्देश प्रसारण, स्थानीय स्तरमा उपभोक्ता समितिका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, अग्नि नियन्त्रण दस्तालाई तालिम तथा परिचालन  सम्पन्न गरेको बताउँदै सब डिभिजन स्तरमा विभिन्न विद्यालयहरूमा इको क्लब गठन, गरेको डिभिजन प्रमुख ओम सागर भण्डारीले रामेछाप टाइम्सलाई बताए । 

 

यो वर्ष डिभिजन वनसँग झन्डै १६ लाख हाराहारीमा बजेट रहेको कार्यालयले जानकारी गराएको छ । यो वर्ष हिउँद लागेसँगै रामेछाप स्थित जिल्ला अस्पताल वरपर हरित स्वयंसेवक परिचालन गरी अग्नि पथ निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । साथै आगो नियन्त्रणको लागि कार्य योजना समेत बनाएको वन कार्यालयको भनाई छ । 

 

यो पनि पढ्नुहोस् 
एक हप्तामा रामेछापमा २५ भन्दा बढी ठाउँमा भीषण डढेलो, ५ ठाउँको अझै नियन्त्रण बाहिर, विपद् व्यवस्थापनमा गरेको अनुभव नयाँ सिडिओले कसरी प्रयोग गर्दै छिन् ?