डिभिजन वन कार्यालय रामेछापको चरम बद्मासीः योजना सम्पन्न नहुँदै ‘मिलोमत्तो’मा २५ लाखै भुक्तानी

| भदौ २८, २०८० बिहिबार

A A A
A A A

२८ भदौ, रामेछाप । डिभिजन वन कार्यालय रामेछापले काम नै नसकी भुक्तानी गरेको खुलासा भएको छ । डिभिजन वन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोकासंगैको बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा पार्कको काम नै नसकी कार्यालय प्रमुख ओम सागर भण्डारी र सहायक वन अधिकृत देवेन्द्र यादव समेतको मिलेमतोमा भुक्तानी दिएको खुलासा भएको हो ।

 

१० प्रतिशत स्थानीयहरूको श्रमदान र २५ लाख लागत सहित कूल एक लाख रुपैयाँ गरी २६ लाखमा स्थानीय उपभोक्ता समितिले बनाएको उक्त पार्क गत असार १३ गते सम्म काम  सम्पन्न गरिसक्नु पर्ने गरी जिम्मा लिएको थियो । तर, उक्त पार्क निर्माणको काम सम्पन्न नहुँदै सबै काम सम्पन्न भएको भनी कार्यालयले सबै रकम गत असारमा नै उपभोक्ता समितिका नाममा निकासा गरेको पाइएको हो । 

 

२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक वनको जंगलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । 

निर्माण गरिएको पार्क

त्यसैको संंझनामा १३ मध्य अन्यको नाम शिला लेखमा रहने र एक जना कमाण्डरको भने शलिक राख्ने गरी ‘स्टमेट’ गरिएको छ । तर, कार्यालयले प्राविधिकले तयार गरेको ‘स्टमेट’कोनै ख्याल नगरी रकम भुक्तानी दिइएको खुलासा भएपछि वन कार्यालयका प्रमुख सहितको टिमले बद्माशी गरेको पुष्टि भएको हो । 

 

उक्त विषयमा डिभिजन वन कार्यालय रामेछापमा सम्पर्क गर्दा कार्यालय प्रमुख भण्डारी कर्मचारीलाई निमित्त दिएर कार्यालय बाहिर रहेको पाइयो । निमित्त कार्यालय प्रमुख मनिलाल कान्दनले भने ‘यस बारेमा मलाई कुनै पनि जानकारी छैन।  म निमित्त मात्र हुँ । काम पहिले नै भएको हो’ उनले थपे ‘यस बारेमा सहायक वन अधिकृत एवं सूचना अधिकारी देवेन्द्र यादवसँग बुझ्नु होला भन्दै पन्छिन खोजे ।’

 

राज्यको सम्पत्ति माथि मन लाग्दी गरेपछि निर्माणाधीन उक्त पार्कको गुणस्तर, निर्माण मिति र कार्य योजना सम्पन्न नहुँदै भुक्तानी दिएर फुर्सदिला भएका ‘डेफो’ भण्डारीलाई भने सम्पर्क भएन । 

 

यसैबिच सूचना अधिकारी एवं सहायक वन अधिकृत यादवले भने सैनिक कमाण्डरको ‘स्ट्याचु’ सहित सहितको योजनाको स्टमेट रामेछाप नगरपालिकाले योजना सम्पन्न भएको भनी पत्र पठाएकाले कागजात र प्रतिवेदनका आधारमा आफूहरूले  भुक्तानी दिएको भन्दै कार्यालयको दोष नरहेको दाबी सहित पन्छिन खोजे । उनले यो नगरले कागजात दिएकाले आफूहरूले प्रमाणपत्र आधारमा भुक्तानी मात्रै गरेको स्पष्टीकरण दिए । 

 

उनले भने ‘काम बाँकी बस्नुमा कार्यालयको कुनै पनि दोष छैन । उक्त पार्कको वरिपरि पर्खाल लगाउने र कम्पाउन्ड गर्नै र ढोका हाल्ने काम भने सम्पन्न भएको छ ।