रामेछापको टार गाउँमा लागेको आगोमा नियन्त्रणः १४ घर-१२ गोठ जलेर नष्ट, ५० भन्दा बढी बाख्रा, २ वटा भैँसी र गोरु मर्‍यो

| चैत १, २०८० बिहिबार

A A A
A A A

१ चैत, रामेछाप । रामेछापको ल्याङ्गल्याङ्ग टार गाउँमा आज दिउँसो लागेको आगोलागि नियन्त्रणमा आएको छ । आगोलागिमा परी १२ घर परिवारको १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । कोही व्यक्तिको एकै जनाको दुई वटा घर जलेका हुन् । 

 

‘अहिले ठ्याकै १२ घरपरिवारको १४ घर, १२ गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । दन्किएको आगो अहिले नियन्त्रण आयो । केही अलिअलि बाहेक अब छैन’ वडा अध्यक्ष श्रेष्ठले भने ।  श्रेष्ठ, तामाङ र सुनुवार जातिको बसोबास रहेको त्यहाँ अन्दाजी ३०/३२ घर भन्दा घरहरू रहेकोमा १४ घर लत्ता कपडा, खाद्यान्न सहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार स्थानीयले बस्तीको तल बालेको आगो एक्कसी आएको हावाहुरीले बस्तीमा सल्किँदा बस्तीसहित ५० भन्दा बढी बाख्रा, २ वटा भैँसी, एउटा गोरु जलेर मरेको छ ।  

 

मानवीय क्षति भने भएको छैन ।

 

त्यस्तै केही पशु जलेर घाइते भएको उनको भनाई छ । हजुरी पाखाबाट एक जनाले लगाएको आगो बस्तीमा सल्किएको बताउँदै दन्किएको आगो अहिले नियन्त्रणमा लिएको उनको भनाई छ ।