रामेछापको चनखु भीरमा पनि भीषण डढेलो लाग्यो, टार गाउँको आगो नियन्त्रणमा लिने क्रममा ४ जना घाइते

| चैत १, २०८० बिहिबार

तस्विर स्रोत तिलक श्रेष्ठ ।
A A A
A A A

१ चैत, रामेछाप । चैत महिना लागेसँगै रामेछापमा आगोलागि एवं डढेलोले ठाउँ–ठाउँमा धनमालको ठुलो क्षति हुन सुरु भएको छ । बिहीबार आज मन्थली नगरपालिकाको वडा नं १० चनखुको जङ्गलमा भीषण आगोलागि भएको त्यहाँ स्थानीय तिलक श्रेष्ठले जानकारी दिए ।

 

आजै रामेछाप नगरपालिकाको वडा नं ९ ल्याङ्गल्याङ्गमा आगो लाग्दा घरगोठ सहित २६ वटा जलेर नष्ट भइसकेको छ । भने, आगो राति ७ ः ३५ सम्म पनि पूर्ण रूपमा नियन्त्रणमा लिन सकिरहेको छैन । हाल सम्म पहिचान खुल्न नसकेका स्थानीयले बस्तीको तल हिजै देखि बालेको आगो एक्कसी आएको हावाहुरीले बिहीबार बस्तीमा सल्किँदा ५० भन्दा बढी बाख्रा, २ वटा भैँसी, एउटा गोरु जलेर मरेको छ ।  

 

उक्त आगोलागि नियन्त्रणमा लिने क्रममा ४ जना सामान्य घाइते भएको रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की (थापा) ले रामेछाप टाइम्सलाई बताइन् । 

 

उनका अनुसार केही मान्छेलाई आगोले पोलेको, डामेकाले स्वास्थ्यकर्मीसहितको टोली घटना स्थलमा पुगेर थप उपचार गर्न थालिएको बताइन् । 

 

यो पनि पढ्नुहोस् 
डिभिजन वन कार्यालय नजिकै आगो लगाउने एक वृद्धलाई नियन्त्रणमा लिइयो