रामेछापः सुनकोसी नदिमा अपरिचित् ब्यक्तीको शव फेला,

| असार २, २०७८ बुधबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०२ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको वेलघारीस्थित सुनकोसी नदिको किनारमा पहिचान नखुलेको शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार पालिको वडा नं १ बेलघारी स्थित सुनकोसी नदिको किनारमा पहिचान खुल्न नसकेको सडिगली रहेको अवस्थामा मानिसको शव फेला परेको जनाएको छ । शव आज दिनको करिव १ बजे फेला परेको हो । 


गत शनिबार देखि देशका विभिन्न ठाउँमा परेको अविरल वर्षका कारण हाल सयौं घरबार बिहिन भएको अवस्था छ भने, ५० औं जना बेपत्ता भैरहेका छन् । सोही समयमा रामेछाप जिल्लाको सुनकोसी नदिमा शव फेला परेको हो । 


रामेछाप प्रहरीले शवको पहिचान नभएकाले सम्बन्धित परिवारबाट सनाखत भएमा जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार