डढेलो निभाउने क्रममा घाइते रामेछापको खाँडादेवीका एक वृद्धको उपचारको क्रममा निधन

| चैत २, २०८० शुक्रबार

A A A
A A A

२ चैत, रामेछाप । गत फागुन २३ गते गाउँ नजिकैको सुख्खा पाखो वनमा सल्किएको आगो/डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका खाँडादेवीका एक वृद्धको उपचारको क्रममा निधन भएको छ । 

 

डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका गाउँपालिकाको वडा नं ७ थान्सिङ निवासी कर्णबहादुर सारू मगरको उपचारको क्रममा बिहीबार राति निधन भएको खाँडादेवी गाउँपालिकाका खेलकुद प्रशिक्षक धनराज मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

मोक्तानका अनुसार वृद्ध सारूको कीर्तिपुर हस्पिटल काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । 

 

 

६१ वर्षीय वृद्धलाई आगो निभाउने क्रममा गम्भीर घाइते भएपछि उद्धार गरी काठमाडौँ लगिएको थियो ।