मन्थली-११ गेलुमा भएको एक दिने स्वास्थ्य शिविरमा ७२० जनाले निःशुल्क सेवा लिए

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । मन्थली नगरपालिका वडा नं ११ गेलुमा भएको एक दिने स्वास्थ्य शिविरमा सात सय भन्दा बढीले निःशुल्क सेवा लिएका छन् । निर्माणाधीन स्वास्थ्य केन्द्रबाट सेवा दिइएको हो । 

 

शुक्रवार गेलु प्राथमिक स्वास्थ्य केन्द्रमा मन्थली नगरपालिकाको आयोजना, जर्मन नेपाल सहयोग संघ तथा विकासका लागि  एकतासँगको सहकार्य एवं धुलिखेल अस्पताल, ॐ डेनटल अस्पताल चाबहिल, तिलङ्गा आँखा प्रतिष्ठान, रामेछाप सामुदायिक आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । 

 

उक्त निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ३०५ जनाले जनरल, १०८ जनाले दन्त सेवा, ३५ जनाले स्त्रीरोग सेवा, २०२ जनाले आँखा सेवा र ७० जनाले भिडियो ए–क्सरे सेवा सहित सात सय २० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिए । 

 

मन्थली नगरपालिकाद्वारा संचालित मन्थली अस्पताल सहित विभिन्न ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्दै निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको मन्थली नगरपालिकाले पछिल्लो पटक वडा तहलाई प्राथमिकता दिएर वडा तहमै शिविर सञ्चालन गरिरहेको छ । 

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार