रामेछापको टार गाउँ आगोलागि : करडौंको क्षति, कसले लगायो आगो ?

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । गत बिहीबार जंगलबाट सल्किएको आगो बस्तीमा लाग्दा १२ घरपरिवार सहित २६ घर गोठ जल्दा करडौंको क्षति भएको छ । मानवीय क्षति नभए पनि करडौंको धनमाल नष्ट भएको हो । 

 

शुक्रवार जिल्ला प्रहरी कार्यालय रामेछापको सहितको टोलीले गरेको प्रारम्भिक क्षतिको विवरण अनुसार १२ घर परिवारको अन्दाजी एक करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको तथ्याङ्क सार्वजनिक भएको हो । 

 

रामेछाप नगरपालिका वडा नं ९ राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा आगो लागी हुँदा हावाहुरीको कारण मानव बस्तीमा आगो सल्किएको पाइएको छ । तर, आगो कसले लगाएको भन्ने हाल सम्म पनि खुलेको छैन । 

 

तामाङ, सुनुवार र श्रेष्ठ जातजातिको बसोबास रहेको सो ठाउँमा आगोलागिबाट खरले छाएका कच्ची घर गोठ जलेर नष्ट भएको हो । 

 

कसको कति सम्पति जल्यो  ?

१ महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडा वर्तन, र नगद रु तिन लाख गरी अं ३,७५,०००। आश्रित परिवार संख्या ८ जना 

  

नर बहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडा वर्तन, अन्नपात, र १ गोरु घाईते गरी अं मूल्य रु तिन लाख ( ३,००,०००।  आश्रित परिवार संख्या ३ जना

 

सर्किनी तामाङको कच्ची घर,भाडा वर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला, चाँदी ५ तोला र नगद रु २,७५,०००।– गरी अं ६,७५,०००। आश्रित परिवार संख्या १ जना

 

धन बहादुर तामाङको कच्ची घर,भाडा वर्तन, लत्ताकपडा, अन्नपात र नगद ८०,०००। कुखुरा, टी.भि.र गोठ गरी अं ४,५०,०००। आश्रित परिवार संख्या ४ जना

 

पूर्ण बा.नेवारको  कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात २२ ओटा बाख्रा गरी अं. २१,८५,०००। आश्रित परिवार संख्या १० जना

 

धनमाया श्रेष्ठको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात र ४ ओटा बाख्रा, सुन तिन तोला र नगद रु ७,००,०००।– गरी अं.५१,०५,०००। आश्रित परिवार संख्या २१ जना 

 

रमेश श्रेष्ठको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात गरी अं १५,९५,०००। आश्रित परिवार संख्या ५ जना

 

उत्तरकुमारी श्रेष्ठको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात, सुन तिन तोला गरी अं ३१,२४,०००। आश्रित परिवार संख्या १२ जना 

 

सिताराम नेवारको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात, बाख्रा १६ ओटा गरी अं.१६,७०,०००। आश्रित परिवार संख्या ७ जना

 

मीन ब.नेवारको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात,बाख्रा ९ र गोरु १ गरी अं.६,००,०००। आश्रित परिवार संख्या ४ जना

 

मानकुमारी नेवारको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात, बाख्रा १२ ओटा र कुखुरा १५ ओटा गरी २७,१२,०००।– ९ आश्रित परिवार संख्या १ जना

 

 १२० बम ब।श्रेष्ठको कच्ची घर,मतान, भाडा वर्तन, लत्ताकपडा, अन्नपात गरी १५,१०,०००। आश्रित परिवार संख्या ९ जना 

 

यो पनि पढ्नुहोस्
रामेछापको ल्याङ्गल्याङ्ग टार गाउँमा भीषण आगोलागीः  २० घर भन्दा बढी जले, नियन्त्रण प्रयास जारी
 

रामेछापको टार गाउँमा लागेको आगोमा नियन्त्रणः १४ घर-१२ गोठ जलेर नष्ट, ५० भन्दा बढी बाख्रा, २ वटा भैँसी र गोरु मर्‍यो