बागमती प्रदेशबाट ‘विपद् व्यवस्थापन रामेछाप’लाई त्रिपाल, टेन्ट,साबेल,गल,लाइफ ज्याकेट र भाँडाकुँडा प्राप्त

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । डिभिजन वन कार्यालय रामेछापको समन्वय र सहकार्यमा रामेछापलाई विपद् व्यवस्थापन सामाग्री प्राप्त भएको छ । 

 

शनिवार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशबाट त्रिपाल–५०० थान, टेन्ट–१० थान, साबेल–१० थान, पिग–१० थान, गल–१० थान, सर्चलाईट–५ थान, लाइफ ज्याकेट–५ थान प्राप्त भएको जानकारी गराइएको हो । 

 

त्यस्तै डोरी–१ रोल, भाँडाकुँडा–५ सेट उपलब्ध भएको जानकारी गराइएको छ । 

 

बाडी, पहिरो, डढेलो, आगोलागि, भूक्षय, भूकम्प जस्ता विपद्को समयमा आवश्यक पर्ने यी सामाग्रीको लागि डिभिजन वन कार्यालय रामेछापले माग गरेपछि प्राप्त भएको डिभिजन वन कार्यालय रामेछापले जनाएको हो ।