रामेछाप काँग्रेस पार्टी कार्यालय सचिव बस्नेतले बुझाएको राजीनामा स्वीकृत
६ चैत, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको कार्यालय सचिव कृष्णबहादुर बस्नेतले राजीनामा दिएका छन् । उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएका थिए ।
गएको बिहीबार (चैत १) गते देखि लागू हुने गरी बस्नेतले बुझाएको राजीनामा समेत पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले स्वकृत गरेका छन् । राजीनामा स्वीकृत भएसँगै कार्यालय सचिव बस्नेतले विगत दुई वर्ष देखि उक्त जिम्मेवारी प्रदान गरेकोमा पार्टी र पार्टी नेतृत्व प्रति आभार व्यक्त गरेका छन् ।
बस्नेतले पार्टीको अन्य भूमिकामा आफूले सक्रिय जिम्मेवारी निर्वाह गर्न सधैँ तयार भएको पनि धारणा राखेका छन् ।