रामेछाप टार गाउँका आगोलागि पीडितलाई मन्थली नगरपालिकाले दियो २४ बन्डल जस्तापाता

| चैत ६, २०८० मंगलबार

तस्बिर स्रोत बद्रि नयाँघरे ।
A A A
A A A

६ चैत, रामेछाप । मन्थली नगरपालिकाले छिमेकी नगरपालिकाको वडा नं ९ टार गाउँका आगोलागि पीडितलाई जस्तापाता सहयोग गरेको छ ।

 

मन्थली नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं ३ का अध्यक्ष एवं मन्थली नगर विपद् व्यवस्थापन समितिका संयोजक कृष्ण गोपाल थापा सहित आगोलागि स्थलमै पुगेर विगत (आगो लाग्नु पहिले) पनि खरको छानो भएकै कारण धेरै क्षति भएको भन्दै अब घर छाउँदा जस्ता पाताले छाउन सहयोग पुगोस् भन्ने उद्देश्यले जस्ता प्रदान गर्दै नगरका प्रवक्ता श्रेष्ठले बताए । 

 

‘पहिले पनि खरको छानो हुँदा धेरै घरहरू जेले । अब फेरी खरले नै छायौँ भने फेरी हामी त्यतै जाँदै छौँ । त्यसैले पनि अब जस्ताले छाउनु उपयुक्त हुन्छ भनेर मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठ र सिंगो छिमेकी नगरपालिकाको तर्फबाट हामीले सकेको सहयोग गरेका हौँ’, प्रवक्ता श्रेष्ठले भने । 

 

अब खरले छानो नछाउन आग्रह गर्दै मन्थली नगरपालिकाले २४ बन्डल जस्ता प्रदान गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए । यो जस्ता त्यहाँका प्रति परिवार २ बन्डल पुग्ने छ । आगोलागि भएको वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठलाई जस्ता हस्तान्तरण गर्दै अपुग भएमा थप छलफल गरेर जाने समेत प्रवक्ता श्रेष्ठले बताए ।

 

यस अगाडि पनि आगोलागि भएको भोलि पल्टै मन्थली नगरपालिकाका प्रमुख श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ खाद्यान्नका सामाग्री सहित आगोलागि स्थलमा पुगेर पीडितहरूलाई भेटेका थिए ।  

 

यो पनि पढ्नुहोस् 
रामेछाप टार गाउँका आगोलागि पीडितहरूलाई एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने विपद् व्यवस्थापन समितिको निर्णय
 

रामेछाप टार गाउँका आगोलागि पीडित महिला र बालबालिकालाई कपडा प्रदान
 

रामेछापको टार गाउँ आगोलागि : करडौंको क्षति, कसले लगायो आगो ?

 

रामेछाप टार गाउँका आगोलागि पीडितहरूको घर बनाएर नमूना काम गर्न मन्थलीका बैंक तथा इन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह