रामेछाप टार गाउँका आगोलागि पीडित महिला र बालबालिकालाई कपडा प्रदान

| चैत ५, २०८० सोमबार

A A A
A A A

५ चैत, रामेछाप । रामेछापको टार गाउँका आगलागी पीडितलाई नगरपालिकाले कपडा प्रदान गरेको छ ।

 

रामेछाप नगरपालिकाको वडा नं ९ मा गत बिहीबार लागेको आगोलागि पीडित महिला, बालबालिकाहरूलाई नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की (थापा) सहितको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको रोहबरको टोलीले आइतबार कपडा प्रदान गरेको हो । 

 

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलका केन्द्रीय सदस्य सौरभ केसी, (नेविसंघ) रामेछापका जिल्ला अध्यक्ष विनोद बुढाथोकी र शुभम् सप्लायर्स मन्थलीका राकेश गुप्ता सहितको टोलीले उपलब्ध गराएको आर्थिक सहयोगबाट ११ घरका बालबालिकालाई टी–सर्ट र ट्र्याक हस्तान्तरण गरिएको हो ।

 

त्यस्तै २१ जना त्यहाँका महिला, आमा दिदी बिहिनीहरुलाई धोती,चोलो र भित्री कपडाहरू प्रदान गरिएको हो । उपप्रमुख कार्कीसहितको टोलीले कपडा प्रदान गरेको वितरणमा सहभागी  नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ८ वडा अध्यक्ष समीर कार्कीले जानकारी दिए । 

 

यस अगाडि पनि नजिकै रहेको विद्यालयमा सामूहिक रुपमा स्थान्तरण गरी राखिएका उनीहरुलाई खाद्यन्न लगायत अत्यावश्यक वस्तुहरु, भाँडाकुँडा मन्थली नगरपालिका, नेकपा एमाले रामेछाप लगाएतले प्रदान गरेको थियो । साथै रामेछाप नगरपालिकाले निरन्तर विभिन्न सहयोग प्रदान गर्दै आएको छ । 

 

यो पनि पढ्नुहोस् 
रामेछाप टार गाउँका आगोलागि पीडितहरूलाई एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने विपद् व्यवस्थापन समितिको निर्णय