गणतन्त्र दिवस भव्य रूपमा मनाउन ‘जिल्ला स्तरीय समिति’को अपिल

| जेठ १२, २०८३ मंगलबार

A A A
A A A

१२ जेठ, रामेछाप । ‘१८औँ गणतन्त्र दिवस’ २०८३ लाई भव्य र सभ्य रूपमा मनाउन रामेछापमा ‘जिल्ला स्तरीय समिति’ गठन गरिएको छ । उक्त समितिले आउँदो ३ दिन सम्म भव्य रूपमा दिवस मनाउन आह्वान गरेको छ । दिवसको दिन देशभर सार्वजनिक बिदा हुने छ । 

 

सोमबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको संयोजकत्वमा बसेको जिल्ला स्तरीय समितिको बैठकले १४ र १५ गतेलाई भव्य रूपमा मनाउने निर्णय गरेको जानकारी गराएको छ । समितिले विद्यार्थीहरूबाट गणतन्त्रको प्रचारप्रसार गर्न र महत्त्व बारे दर्साउन ‘नेपालमा गणतन्त्र हिजो, आज र भोलि शीर्षकमा वक्तृत्वकला कार्यक्रम, राष्ट्रिय झण्डालाई मर्यादा पूर्वक सजाउने, दीप प्रज्वलन, रक्तदान, अस्पतालमा उपचाररत बिरामीहरूलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको समन्वय समिति रामेछापका प्रवक्ता प्रेमबहादुर थापाले जानकारी दिए । ‘हामीले गौरवका साथ गणतन्त्र दिवस मनाउन सबैलाई अपिल गर्ने र हामी पनि त्यसमा एक भएर लाग्ने निर्णय गरेका छौँ’, लाग्छौँ ।’

 

त्यस्तै समन्वय प्रमुख खड्काले पनि जिल्ला बासी सबैलाई दिवस मनाउन अपिल गर्दै आ–आफ्नो घर र सार्वजनिक तथा सरकारी कार्यालय लगायतमा दीप प्रज्वलन गर्न आग्रह गरिन् । उनले गणतन्त्र दिवस मात्रै नभएर हामी नेपालीहरूको गौरवको दिन रहेको उल्लेख गर्दै हर्ष उल्लास सहित मनाउनु पर्ने बताइन् । 

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार