रामेछापका प्रहरी प्रमुख भट्टको सरुवा, अख्तियारबाट जैसवार आउँदै
०६ जेठ, रामेछाप । रामेछापका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) भोला कुमार भट्टको सरुवा भएको छ । उनको काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा (रानीपोखरी) मा सरुवा भएको हो ।
गएको शुक्रवार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्णय अनुसार जेठ महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव उपरीक्षक भट्टसहित विभिन्न स्थानमा कार्यरत १४९ जना डिएसपीहरूको एक साथ सरुवा गरिएको हो ।
११, वैशाख २०८२ बिहीबारमा सरुवा हुँदा रामेछापमा आएका भट्टले जेन्जी आन्दोलन, प्रतिनिधि सभा निर्वाचनसहितका विशेष परिस्थितिमा जिल्लाको शान्ति सुरक्षाको नेतृत्व गरेका हुन् । उनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको कार्य कौशलतामा नागरिक तहबाट ठुलो आलोचना र असन्तुष्टि देखिएन ।
प्रहरी प्रमुखले सबै पक्षसँग सहकार्य र समन्वय गरेरै काम गर्दा सहजता भएको धेरै सेवाग्राहीहरूको धारणा छ । यद्दयपी केही महिलाहरूले भने आफूहरूका निवेदन र गुनासाहरू सहजपुरमा दर्ता गर्न झन्झट खेपेको दाबी गरेका छन् ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्द्धनमा समेत रुचि राख्दै रामेछाप भित्रका शैलुङ्, गुम्देल, बाम्तिभण्डार लगाएका स्थानसहित रामेछापको जुनार लगायतका फलफूललाई ब्राण्डिङसहित प्रचार गर्न लाग्नु पर्नेमा समेत (डिएसपी) भट्टले जोड् दिँदै आएको पाइन्छ । उनले रामेछाप शान्त र सुन्दर रहेको बताउने गरेका छन् ।
एक वर्षे रामेछापबासाईलाई कुशलता पूर्व र सफल बनाएको दाबी सहित बिदा हुन लागेका प्रहरी प्रमुख भट्टलाई यहाँका विभिन्न निकायले औपचारिक बिदाइ गरी रहेका छन् ।
भट्टको बिदाइसँगै रामेछाप प्रहरी प्रमुखको जिम्मेवारीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत सन्तुलाल प्रसाद जैसवार आउने नेपाल प्रहरीले जनाएको छ ।
