रामेछापको बाम्तिभण्डारमा भीषण हून्डरीः दर्जनौँ घर, गोठको छानो उडायो, सिमेन्ट नै उप्काएपछि स्थानीय अच्चमित
१० जेठ, रामेछाप। रामेछाप बाम्तिभण्डारमा भीषण हावाहुरी चल्दा ठुलो भौतिक क्षेती भएको छ । आइतबार दिउँसो अन्दाजी ४ ः३० बजेको समयमा अचानक चलेको भीषण हावाहुरी एवं भुमरी (चक्रीय) का कारण दर्जनौँ घर तथा सार्वजनिक भवनहरूमा ठुलो क्षति पुगेको स्थानीय साम्तेन लामाले जानकारी गराए ।
अचानक चलेको हावाहुरीले घर तथा शौचालयका छाना, तरकारी रोप्ने टनेलहरूमा पूर्ण क्षति गर्नुको साथै वन जंगलमा ठू–ठुला रुखहरू भाँचेर बाटो आवत जावतमा समेत अवरोध पुगेको छ । करिब २० मिनेट चलेको उक्त हावाहरूबाट बम्तिभण्डारको स्वतर्मू, भण्डार लगायतका टोलमा क्षति गरेको छ ।
स्थानीयहरूका अनुसार यस्तो खालको हून्डरी पहिलो त्यहाँ पहिलो पटक चलेको हो । निकै तीव्र गतिमा चलेको हून्डरीका कारण स्थानीहरूले निर्माण गरेका बलिया संरचनामा नै क्षति पुगेपछि स्थानीयहरू अचम्मित परेका छन् ।
घटनाबारेमा बाम्ति प्रहरी चौकीका एक प्रहरी अधिकारीसँग रामेछाप टाइम्सले बुझ्दा प्रहरी अधिकारीले भने ३ घरमा मात्रै हुण्डरीले क्षति पुर्याएको सुनाउँदै भने ‘म स्वयम गएर आएको हुँ, तीन घरमा क्षति पुगेको देखिको छु । हावा पनि हैन एउटा छुट्टै आफ्नो बाटो जस्तो बनाएको हून्डरी आएको थियो ।’
