रामेछापको बाबिया खर्कमा गाडी दुर्घटना, दुई सञ्चारकर्मी घाइते
तस्बिर सामाजिक संजाल ।
११ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा ८ स्थित बावियाखर्कमा टिपर र कार ठोक्किँदा दुई सञ्चारकर्मी घाइते भएका छन् । घाइते दुवै जनालाई एम्बुलेन्स मार्फत रामेछाप अस्पताल लगिएको छ।
आज सोमबार अपराह्न ४ बजेको समयमा मन्थलीबाट रामेछाप तर्फ जाँदै गरेको सञ्चारकर्मी एवं कानुन व्यवसायी सौजन्य प्रसाद सत्यालको गाडी बा ३ च ९५६९ नम्बरको निजी कार र विपरीत दिसाबाट आउँदै गरेको बागमती प्रदेश ००४ झ ३४६३ नम्बरको टिफरले ठक्कर दिँदा संचारकर्मीद्वय घाइते भएका घटना स्थलबाट पत्रकार बद्री नयाँरघरेले जानकारी दिए ।
उनका अनुसार रामेछाप नगरपालिकामा प्रशासनिक कार्यको लागि जाँदै गरेको निजी कार र टिफर दुर्घटनामा पर्दा रेडियो रामेछापका स्टेसन म्यानेजर एवं कानुन व्यवसायी सत्यालको टाउकोमा चोट लागेको छ । त्यस्तै रेडियोकी कार्यक्रम सञ्चालिका एवं समाचार वाचक विसुन्केलाई पनि चोट लागेको छ । टिपरसँग दुर्घटनामा परेको सत्यालको निजी कार पूर्ण रूपमा क्षति ग्रस्त भएको छ । कारको अगाडिको भागमा पूर्ण क्षति पुगेको हो ।
दुर्घटना के कसरी भयो भन्ने बारेमा प्रहरी सहितको टोलीले अनुसन्धान गरिरहेको र घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ ।
