पत्रकारसँग खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको गुनासा, आक्रोश र प्रश्नै प्रश्न, भने ‘म साहाकारी हुँ, सबैले ४ जिपिए ल्याउँदा किन लेख्नु भएन’

| जेठ १०, २०८३ आइतबार

A A A
A A A

१० जेठ, रामेछाप । जिल्लाका ८ स्थानीय तहका जनप्रतिनिधिहरू मध्ये सामाजिक सञ्जालमा प्राय सार्वजनिक र बढी सक्रिय देखिँदै आएका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पत्रकारहरूसँग निकै आक्रोश, असन्तुष्ट र गुनासा पोखेका छन् । पालिका अध्यक्ष बनेपछि पालिकालाई प्रविधि मैत्री र अत्याधुनिक पालिका निर्माण गर्ने, ड्रोनबाट किसानका बारी–बारीमा विषादी, औषधि पुर्‍याउने र  पालिकामा कोही बिरामी भएमा पालिकाको ड्रोन मार्फतै प्रत्येक घर–घरमा जाँच समेत गर्ने आश्वासन बाँडेका पालिका अध्यक्ष श्रेष्ठले आफूहरूले गरेका राम्रा कामको प्रचार गर्नलाई पत्रकारले कन्जुस्याइँ गरेको आरोप लगाएका हुन् । 


उनले भने ‘पालिका अध्यक्षले ६० लाखको भात खायो भनेर समाचार लेख्ने साथीहरूले महालेखाले ‘इतिहासकै बलण्डर गल्ती’ गरी त्यो विवरण गलत रहेछ भनेर लिखित माफी समेत गरेर राखेको विवरणलाई हेरेर किन समाचार नलेखेको ?’ ।

 

उनले आफूले ६० लाखको भात नखाएको जिकिर गर्दै थपे ‘खाको हैन........ख्वा को रहेछ । तपाइहरूलाई थाहा छ त म, साहाकारी हुँ ।’ उनले पत्रकारले आफ्नो नेतृत्वमा पालिकाको शिक्षा सुधार हुँदा उक्त विषयको समाचार नलेखेको भन्दै रुष्ट देखिए । ‘सबै विद्यार्थीले ४ जिपिए ल्याए किन समाचार नलेखेको ? ।’ हाम्रो पालिकामा जम्मा १४ गुणा शिक्षा सुधार भयो ।’

 

जनप्रतिनिधिले सबै नराम्रो गर्‍यो भनेर प्रचार मात्रै गर्दा पछिल्लो परिस्थिति सिर्जना भएको समेत उनको तर्क थियो । शनिवार नेपाल पत्रकार महासंघ रामेछापको २१ औँ वार्षिक साधारण सभामा बोल्दै पालिका अध्यक्ष श्रेष्ठले पत्रकारहरूलाई ‘सत्यलाई, सत्य भनिदिनु पर्‍यो।’ 

 

देश आत्मनिर्भर हुनु पर्नेमा जोड् दिएका अध्यक्ष श्रेष्ठले वर्तमान सरकार गठन गरेको (रास्वपा) ले आफ्नो कित्ता किलिएर गर्नु पर्छ भन्दै प्रश्न गरे । ‘आजको सरकार के कम्युनिष्ट सरकार हो ? कि पुँजीवादी हो ? । पालिकाको बेरुजु जिल्लाकै सबै भन्दा धेरै रहेको भन्दै मिडियाले लेखेकोमा टिप्पणी गर्दै त्यो तथ्याङ्क गलत भएको दाबी उनको छ । 

 

पालिकाको समसामयिक विषयमा सामाजिक सञ्जालमा लाइभ आएरै स्पष्टीकरण र जवाफ दिँदै आएका अध्यक्ष श्रेष्ठले यो वर्ष आफ्नो ‘क्वाटर खर्च’ १ लाख ८८ हजार मात्रै भयो अब समाचार हुँदैन ? भन्दै प्रश्न गरे । उनले पालिकाको बेरुजु विभिन्न कागजी प्रक्रिया नमिल्दा आएको तर्क गरे । ‘मैले आफै लेख्न मिलेन लेख्दिनुस् न भने। 

मिलन घिमिरे (बि क)
| बैशाख १५, २०८३ मंगलबार
मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार