जेन्जी आन्दोलनमा फरार कैदी जबरजस्ती करणी मुद्दामा रामेछापबाट पक्राउ
सांकेतिक तस्बिर
०५ जेठ, रामेछाप । गएको २४ भदौ २०८२ को (जेन्जी) आन्दोलनमा बाल सुधार गृहबाट फरार एक कैदी पुनः जबरजस्ती करणी मुद्दामा रामेछापबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी रामेछापको टोलीले गएको बिहीबार नियन्त्रणमा लिएको जनाएको छ ।
वैशाख ३१ गते दिउँसो अन्दाजी १२ः३० बजेको समयमा रामेछाप जिल्ला निवासी (१८ बस्ने) वर्ष ३५ की फरक क्षमता भएकी महिलालाई जबरजस्ती करणी गरी फरार बनेका विक्रम भुजेललाई प्रहरीले पक्राउ गरेको हो । अशक्त महिला माथि करणी गरी भुजेल फरार बनेपछि रामेछाप प्रहरीले खोजतलास तीव्र पारेको थियो ।
खोजतलास गर्ने क्रममा उनलाई जिल्लाको रामेछाप नगरपालिका वडा १ गोठगाउमा लुकीछिपी बस्दै आएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिए । ‘उनी करणीपछि फरार भए लगत्तै हामीले खोजी गर्दै जाँदा गोठगाउँबाट पक्राउ गरिएको हो ।’
पक्राउ परेका भुजेललाई जिल्ला अदालत रामेछापबाट आइतबार (३) गतेबाट लागु हुने गरी दिन (७) सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिम्सिनाको भनाई छ ।
