मोटरसाइकल दुर्घटनामा परी कर्मचारीको निधन भएपछि भोलि गोकुलगंगामा शोक बिदा

| जेठ १२, २०८३ मंगलबार

A A A
A A A

१२ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले भोलि बुधवार पालिका भर शोक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीको निधन भएपछि शोक बिदा दिइएको हो । भोलि देखि गोकुलगंगामा लगातार ५ दिन बिदा परेको हुने छ । 

 

गाउँ कार्यपालिकाको आयुर्वेद शाखामा कार्यरत कविराज पदका गौशाला नगरपालिका १२, महोत्तरी निवासी सिकिन्द्र कुमार महतोको गत मंगलबार गाउँपालिकाबाट घर जाने क्रममा बर्दिबासमा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा सोमबार राति निधन भएपछि भोलि बुधवार शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिए । 

 

गाउँपालिकाले महतो मिलनसार, मेहनती र निष्ठावन कर्मचारी गुमाउँदा शोकमा डुबेको उल्लेख गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गरेको छ । शोक बिदाको दिन पालिकाको आकस्मिक बाहेक सबै सेवा बन्द हुने जानकारी गराइएको छ ।