जिल्ला अस्पताल रामेछाप देशभरिकै तेस्रो भएपछि नगर प्रमुख न्यौपानेले भने ‘अहिले नै खुसी हुनुपर्ने ठाउँमा पुगिसकेका छैनौँ’ (भिडिओ)

| चैत ८, २०८० बिहिबार

A A A
A A A

७ चैत, रामेछाप । जिल्ला अस्पताल रामेछापलाई सुविधा सम्पन्न बनाउनको लागि आवश्यक सहयोग गर्न रामेछाप नगरपालिका सधैँ तयार रहेको नगरपालिकाले जनाएको छ । देशभरिकै १५ शय्या अस्पतालमा तेस्रो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार नगरपालिका प्रमुख लवश्री न्यौपानेले यस्तो बताएका हुन् । ‘मेरो व्यक्तिगत र नगरको तर्फबाट मेरो बोली बिक्ने ठाउँमा मैले के गर्नू पर्छ । भन्नु पर्छ मलाई भन्नुहोला । सबै सहयोग रहन्छ ।’ 

 

जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई व्यवस्थित गर्नू आफूहरूको दायित्व रहेको उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले जिल्ला अस्पतालको बारेमा धेरै टिका टिप्पणी गर्न आवश्यक नरहेको पनि तर्क गरे । उनले विगतदेखि नगरपालिकाको तर्फबाट गर्न सक्ने सहयोग समेत गर्दै आएको स्मरण गरे । 

 

हरेक क्षेत्रको भिन्न-भिन्नै विषयगत भूमिका रहने बताउँदै सबै भन्दा पहिले नागरिकलाई स्वस्थ बनाउनू राज्यको प्रमुख दायित्व रहने जिकिर गरे । 

 

जिल्ला अस्पतालबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै नागरिकहरूको भरोसा योग्य बनाउनु पर्नेमा सुझाए । यो वर्ष देशभरिकै  अस्पतालहरू मध्ये तेस्रो भएकोमा बधाई दिँदै आगामी वर्षदेखि सुरु हुने ५० शय्याको अस्पतालको रूपमा ९१ प्रतिशत अङ्क ल्याएपछि मात्रै आफूहरू सन्तुष्ट हुने ठाउँमा पुग्ने नत्र अहिले ढुक्क हुने स्थिति नरहेको प्रस्ट्याए । ‘अहिले ९१ अङ्क ल्यायो भनेर खुसी हुने भन्दा पनि ५० शय्याको अस्पताल भएपछि ९१ अङ्क ल्याउन सक्यौँ भने त्यति बेला मात्रै खुसी हुने दिन आउँछ ।’

उनले ५० शय्याको अस्पतालको रूपमा सेवा प्रवाह गर्न निकै चुनौती पूर्ण रहेको उल्लेख गर्दै त्यसको लागि अस्पतालको सेवा प्रवाहमा लाग्नू पर्नेमा जोड् दिए ।  

 

भिडिओमा हेर्नुहोस् 

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार