सुनकोसी नदिमा एकै दिन २ जनाको शव भेटियो, पहिचान खुल्न सकेन

| असार २, २०७८ बिहिबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०३ असार,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवासको पुछिघाट स्थित् थप एक जना पुरुषको शव फेला परोको छ । यसअघि दिउँसो १ बजेको समयमा १ जनाको शव फेला परेको थियो । 

 


एकै दिन भेटिएको यो दोस्रो शव करिव ३ ः ३० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पकरवासको पुछिघाट् भन्ने ठाउँको सुनकोसी नदिको किनार छेउमा पहिचान खुल्न नसकेको अन्दाजी ४०-४५ वर्षयी पुरुषको शव फेला परेको हो । मृतक भेटिएका ती ब्यक्ती कम्मरमा नाम्लाले बाँधेको माछा मार्ने फुर्लुङ भिरेको,बर्ण गहुगोरो,उचाई अन्दाजी ५।३ इञ्च जति भएको छ । 

यो पनि पढ्नुहोस्
रामेछापः सुनकोसी नदिमा अपरिचित् ब्यक्तीको शव फेला,

मृतक भेटिएका ब्यक्तिको तस्विर 

देशैभरी भैरहेको अविरल वर्ष र त्यसले पारेको प्रभावका बीच रामेछापको सुनकोसी नदिमा शव फेला पर्न थालेका छन् ।