जिल्ला अस्पताल रामेछापका अध्यक्ष प्राखिनले भने ‘मन्थली अस्पताल’ नगर अस्पताल हो, जिल्ला अस्पताल जिल्लाको’ (भिडिओ)

| चैत ८, २०८० बिहिबार

A A A
A A A

७ चैत, रामेछाप । जिल्ला अस्पताल रामेछापका अध्यक्ष यमबहादुर पाख्रिन जिल्ला अस्पताल रामेछाप र मन्थली नगरपालिका स्थित ‘मन्थली अस्पताल’सँग कुनै प्रतिस्पर्धा नरहेको प्रस्ट पारेका छन् । मन्थली अस्पताल र जिल्ला अस्पताल रामेछाप एक अर्कासँग प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको चर्चा बारेमा संक्षिप्त धारणा राख्दै अध्यक्ष पाख्रिनले भने ‘यो बारेमा त, हामी बोल्दै बोल्दै नौ, मन्थली अस्पताल नगर अस्पताल हो, भने जिल्ला अस्पताल जिल्लाको अस्पताल हो ।’

 

अध्यक्ष पाख्रिनले मन्थली अस्पतालसँग आफूहरूको कुनै प्रतिस्पर्धा नरहेको प्रस्ट पार्दै जिल्ला अस्पताल नागरिकहरूको सेवाको लागि दृढताको साथ अगाडि बढिरहेको समेत प्रस्ट पारे । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका मातहतको मन्थली अस्पताल र रामेछाप नगरपालिका स्थित जिल्ला अस्पताल एक अर्काको सहयोगी भएर सहकार्य र समन्वयमा अगाडि बढ्नु पर्छ भन्ने आफूहरूको चाहना रहेको अध्यक्ष पाख्रिनको भनाई छ । 

 

यहाँका शीर्ष राजनीति दलका नेताहरूले विभिन्न कार्यक्रममा दुई अस्पतालको तिक्तता बारेमा बोल्दै आइरहेको पाइएको सुनेको तर्कलाई इङ्गित गर्दै जिल्ला अस्पतालका अध्यक्ष पाख्रिनले अस्पतालमाथिको राजनीति उपयुक्त नरहेको समेत जिकिर गरे । 

 

१५ शय्याका अस्पताल मध्ये जिल्ला अस्पताल रामेछाप बन्यो ‘न्यूनतम सेवा मापदण्ड’ पुरा गर्ने देशभरकै तेस्रो (भिडिओसहित)

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार