तरुण दल जिल्ला कार्यसमितिमा ८ वटै स्थानीय तहबाट यी युवाहरू भए मनोनीत (नामावलीसहित)
११ चैत, रामेछाप । नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले रिक्त रहेका पदाधिकारी तथा सदस्य थप गरेको छ ।जिल्लाका ८ ओटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू मनोनयन गरिएको जानकारी गराइएको छ ।
शनिवार जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनयन गरेर ८५ सदस्यीय समिति बनाएको उपाध्यक्ष जीवनबहादुर कार्कीले जानकारी दिए ।
समितिमा भएका केही पदाधिकारी तथा सदस्यहरूले पदबाट राजीनामा दिएको, समितिमा निष्क्रिय बनेका, केन्द्रीय सदस्यमा मनोनयन भएका लगायतका कारणले रिक्त हुन पुगेका र मनोनयन गर्न बाँकी रहेको ठाउँमा मनोनयन गरेर समितिलाई पूर्णता दिएको अध्यक्ष (दिनेश) जानकारी दिएका हुन् ।
यसरी मनोनयन हुनेमा उपसचिव रहेका जीवनबहादुर कार्की उपाध्यक्षमा, सदस्य रहेका डिपी तामाङ कोषाध्यक्षमा र खड्ग बहादुर तामाङ सह–सचिव बनेका हुन् ।
हेर्नुहोस् कुन स्थानीय तहबाट को-को भए सदस्य