भ्रष्टाचार मुद्दामा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष खड्कालाई ६ महिना कैद, १ करोड ९९ लाख जरिवाना

| चैत १३, २०८० मंगलबार

A A A
A A A

१३ चैत, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित ५ जनालाई दोषी ठहर गरेको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जना विरुद्ध मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् । 

 

 

खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । खड्कालाई एक करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।  

 

त्यस्तै न्यौपाने र चौलागाईको हकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ ।