लिखु तामाकोशी गाउँपालिकामा आज शोक बिदा

| चैत १५, २०८० बिहिबार

A A A
A A A

१५ चैत, रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा आज (बिहीबार) शोक बिदा दिइएको छ । 

 

बुधवार गाउँपालिकाले एक सूचना जारी गर्दै आज अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने जानकारी गराएको हो । 

 

पालिकाको वडा नं ५ नागदह स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व.राम बाबु साहको गत मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जारी गरेको सूचनामा गाउँपालिकासहित मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा बाहेक सेवा बन्द हुनेछ उल्लेख छ ।