रामेछाप प्रहरी प्रमुख सिंहले जिम्मेवारी सम्हाले

| चैत १७, २०८० शनिबार

A A A
A A A

१७ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको प्रमुखमा  प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंह हाजिर भएका छन् । उनले गत बुधवारदेखि जिम्मेवारी सम्हालेका हुन् । 

 

यस अगाडिका प्रहरी प्रमुख (डिएसपी) होम पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएर गएपछि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट सरुवा भई आएका प्रहरी नायव उपरीक्षक सिंह जिम्मेवारीमा आएका हुन् । 

 

 

(डिएसपी) सिंहले बुधवार जिम्मेवारी सम्हाल्दै चुस्त दुरुस्त सेवा प्रदान गर्न मातहतका नियाकालाई आवश्यक विभागीय निर्देशन समेत गरेका छन् ।

 

डिएसपी सिंहको स्वागत 

डिएसपी पराजुलीको बिदाई 

 तस्बिर स्रोत जिल्ला प्रहरी कार्यालय रामेछाप । 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार