लिखु नदीमा डुब्दा एसइई परीक्षा दिँदै आएका रामेछापका एक छात्रको ज्यान गयो

| चैत २३, २०८० शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२३ चैत, रामेछाप । रामेछापमा पौडी खेल्ने क्रममा लिखु नदीमा डुब्दा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा घर भएका नर बहादुर श्रेष्ठको १६ वर्षीय छोरा भीम बहादुर श्रेष्ठ रहेका छन् । 

 

उनले हिमगंगाको रेणुका माविबाट जारी माध्यमिक तहको वार्षिक परीक्षा एसइई दिँदै आएका थिए ।

 

 

बिहीबार अन्य दुई साथीहरूसँग लिखु नदीमा पौडी खेल्न गएका छात्र श्रेष्ठको नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

हिमगंगा मा।वि।बाट एसइई दिँदै आएका छात्र श्रेष्ठ जलजले स्थित लिखु खोलामा पौडी खेल्ने गएका थिए ।