अन्ततः पत्रकारलाई धम्क्याउने शिक्षकले मागे माफि

| असार ३, २०७८ बिहिबार

संकेतिक फोटो
A A A
A A A

०३ असार, रामेछाप । समाचारमा छापिएको तस्विरको विषयलाई लिएर अन्नपूर्ण टाइम्सकी सह सम्पादक ज्ञानु श्रेष्ठलाई भौतिक आक्रमणको धम्कि दिने शिक्षकले माफि मागेका छन् । 

 

सह सम्पादक श्रेष्ठलाई धम्क्याउने रामेछाप नगरपालि वडा नं ६ को जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले आज जिल्ला प्रहरी कार्यालय रामेछापमा भएको छलफलमा गल्ति स्वीकार गर्दै माफि मागेका हुन् । शिक्षक श्रेष्ठले  पत्रकारहरुलाई सडकमा नै झापड लगााउने भन्दै तल्लो स्तरको शव्द प्रयोग गरी धम्कि दिएका थिए ।

 

समाचरप्रति आफ्नो कुनै आपत्ति नभएको भन्दै शिक्षक श्रेष्ठले आवेशमा आएर बोलिएका शब्दहरु फिर्ता लिंदै सह सम्पादक श्रेष्ठसंग माफि मागेका छन् ।  जिल्लामा  ६२ देखी ६४ बर्ष उमेर समुहका बृद्धाहरुलाई आएको खोप दुरुपयोग  भएको समाचारमा छापिएको फोटोका विषयलाई लिएर ति शिक्षकले सह सम्पादक श्रेष्ठलाई सडकमा नै झापड लगााउने धम्कि दिएका थिए  ।

 

शिक्षक श्रेष्ठले अरु पत्रकारहरुलाइ समेत अश्लिल शब्द प्रयोग गर्दै गालि गरेका थिए । बृद्धाहरुका लागि आएको कोभिड विरुद्धको खोप लगाएका युवा  शिक्षक श्रेष्ठ आफैंले सामाजिक संजालमा पोष्ट गरेको फोटो छापिएको बिषयमा  पत्रकारहरुलाई धम्कि दिएपछि सह सम्पादक श्रेष्ठले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धम्कि दिने शिक्षकलाई कारबाहिको माग गर्दै निवेदन दिएकी थिइन्  ।

सम्बन्धित समाचार पढ्नुहोस्

उनले दिएको निवेदन माथि छलफलका लागि आज प्रहरी कार्यालयमा बोलाइएका शिक्षक र पत्रकार विच भएको लामो छलफल पछि शिक्षक श्रेष्ठले गल्ति स्वीकार गर्दै माफी मागेपछि  सहमतिमा पुगी उक्त विवाद टुंगिएको छ ।