स्वास्थ्य कार्यालय रामेछाप बन्यो ‘जनस्वास्थ्य कार्यालय रामेछाप’

| चैत २३, २०८० शुक्रबार

जनस्वास्थ्य कार्यालय रामेछापको भवन । तस्विर फाइल ।
A A A
A A A

२३ चैत, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको नाम परिवर्तन भएको छ । 

 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले रामेछाप डाँडा स्थित जिल्ला स्वास्थ्य कार्यालय रामेछापको नाम परिवर्तन गर्दै ‘जनस्वास्थ्य कार्यालय’ रामेछाप कायम गरेको जनाएको छ । 

 

सो कार्यालयले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय हेटौडाको गत फागुन ३० गते सचिवस्तरिय निर्णय तथा सोही मन्त्रालयको सोही दिनको परिपत्र मार्फत कार्यालयको नाम परिवर्तन भएको जानकारी गराएकाले निर्णय कार्यान्वयन गर्दै नाम परिवर्तन गरेको जनाएको हो । 

 

जनस्वास्थ्य कार्यालयले गत बुधवार देखि कार्यालयको नाम परिवर्तन गरेको जानकारी दिएको हो । यस अगाडि कृषि ज्ञान केन्द्र रामेछाप घरेलु तथा साना उद्योग कार्यालय रामेछापको नाम परिवर्तन हुँदै कृषि विकास कार्यालय र ‘उद्योग तथा वाणिज्य कार्यालय’ बनि सकेको छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार